२७ अर्ब निक्षेप संकलन हुँदा ७ अर्ब मात्र लगानी

काठमाडौं - केही महिनादेखि देखिएको तरलता अभाव अब भने समाधान हुने संकेत आएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार पुषको पहिलो हप्तामा बैंकिङ्ग सिस्टममा २७ अर्बको निक्षेप संकलन भएको छ भने जम्मा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको छ। 

नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले  नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारहरुसंग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक पेश गरेका हुन्।

विकास बजेट अहिले सम्म ४ प्रतिशत मात्र खर्च भएको अवस्था साथै रेमिट्यान्स पनि घटेको कारण तरलता अभाव चर्किएको थियो । 

बैंकहरुमा लगानी योग्य रकम काम भएपछि ब्याजदर वृद्धि गरी बचत बढाउने प्रयास भएको थियो तर त्यो कदम पनि त्यति सफल हुन नसकेपछि पुस महिनामा ब्याजदर स्थिर रहेको छ । 

प्रतिक्रिया