सरकारले सोमबार सार्वजनिक बिदा दिने


काठमाडौं–पूर्ववर्ती सरकारले कटौती गरेका सार्वजनिक बिदा शेर बहादुर देउवा नेतृत्वको सरकारले धमाधम दिन थालेको छ ।  सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । 


सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया