युवा गायक गणेश ढकालको ‘केश राम्रो चमेली’ सार्वजनिक

काठमाडौं । युवा सर्जक तथा गायक गणेश ढकालको नयाँ गीत ‘केश राम्रो चमेली’ सार्वजनिक भएको छ।

बहुप्रतिभाशाली ढकालको संगीत र आवाजमा तयार भएको यस गीतमा रचना रिमालले सहगायन गरेकी छन्। गीतका शब्द महेन्द्र विश्वकर्माले लेखेका हुन् भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। अडियो र भिडियो दुवैमा माया–प्रेमलाई गहिरो रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

गीतको म्युजिक भिडियो गिर्मन कुमालले निर्देशन गरेका छन्। भिडियोमा सञ्जय श्रेष्ठ र रेश्मा श्रेष्ठले अभिनय गरेका छन्।

 

प्रतिक्रिया