काठमाण्डौ - हिन्दूहरूको महान पर्व हरितालिका तीज अब नजिक नजिक आउँदै छ ।
यही पर्वलाई मध्यनजर गर्दै कलाकारहरुले तीज गीतहरू सार्वजनिक गरिरहेका छन् । लोकप्रिय कलाकार कुसल बेल्बासे र अमृता नेपालीको आवाज रहेको निकै रमाइलो गीत नकचरो भेना भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतको लय तथा शब्द रमेश परियारले गरेका छन् भने शिशिर पौडेल,सारिका केसी,रमेशबाबु थापा र उषा सुवेदीको अभिनय रहेको छ ।
गीतलाई स्मृति तिमिल्सिना ले निर्देशन गरेकी छन् ।