दिपिका बयम्बु मगरको नयाँ गीत “एउटे घुम्टो ओढ्ने” चर्चामा

काठमाडौँ । गायिका दिपिका बयम्बु मगर को स्वर रहेको नयाँ गीत “एउटे घुम्टो ओढ्ने” सार्वजनिक भएसँगै दर्शकमाझ चर्चामा आएको छ । छोटो समयमै गीतले संगीतप्रेमीहरूको ध्यान खिच्न सफल भएको हो ।

गीतमा बिनोद बराइली र दिपिका बयम्बु मगरको स्वर रहेको छ भने शब्द नबिन परियार ले लेखेका हुन् । गीतको संगीत पनि बिनोद बराइलीकै रहेको छ ।

भिडियो निर्देशन मुकेश नेपाली ले गरेका छन् । भिडियोमा देबिका कार्की र सागर पौडेल को आकर्षक अभिनय देख्न सकिन्छ ।

विशेषगरी देबिकाको मौलिक नेपाली पहिरन, जीवन्त अभिव्यक्ति तथा सागर पौडेलसँगको प्रस्तुतिले भिडियोलाई अझ आकर्षक बनाएको दर्शकहरूको प्रतिक्रिया छ ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ भने दिपिका बयम्बु मगरको मिठासपूर्ण आवाजको प्रशंसा भइरहेको छ ।

 

प्रतिक्रिया