काठमाण्डौ - केही समय पहिला शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपीओ यही साता बाँडफाँड हुने पक्का भएको छ ।
कम्पनीको प्रारम्भिक बाँडफाँड भर्खर मात्र टुंगिएपछि यही साता पूर्ण बाँडफाँड हुने भएको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार प्रि-अलटमेन्टको काम सकिएको हो ।
क्यापिटलका अनुसार बाेर्डले स्वीकृती दिए यसै साताभित्र आईपीओ बाँडफाँड गरिनेछ ।