प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौंँ - प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २४ गते बसेको ंसंचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ६.७० प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरी कुल ७.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि २७औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।

प्रतिक्रिया