ब्याजदरको प्रभाव शेयर बजारमा, दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डौं - अधिकांस बैंकहरुले माघ महिनाको लागि व्याजदर घटाएपछि त्यसको सकारात्मक असर शेयर बजारमा परेको छ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार ११ उपसूचकमा हरियाली लागेको छ । आज बैंकिङ समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको १.२४ प्रतिशत, फाइनान्स समूहको १.५५ प्रतिशतले सेयर मुल्य बढेको हो ।

आज नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको ३५ करोड ६८ लाख ३८ हजार रुपैयाँ र सोनापुरको २४ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया