१२ कर्मचारीलाई मेगा बैंकले किन पाँच लाख जरिवाना तिरायो ?


काठमाडौं–बिना पूर्व सूचना जागिर छाडेर अन्य बैंकमा जाने कर्मचारीलाई मेगा बैंकले जरिवाना गरेको छ । बैंकले कर्मचारी विनियमावली विपरीत जागिर छाडेर जाने १२ जना कर्मचारीलाई जरिवाना स्वरुप ५ लाख ५६ हजार ७८८ रुपैयाँ असुल गरेको हो ।बैंकले यसरी जागिर छोड्ने कर्मचारीसँग जरिवाना असुल गरेको नेपाल राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षण प्रतिवेदनले देखाएको छ । यसरी बैंकले २०७५ सालमा जागिर छोड्ने कर्मचारीसँग जरिवाना असुल गरेको हो ।


बैंकको कर्मचारी विनियमावली २०७६ अनुसार असिस्टेन्ट तहका कर्मचारीले जागिर छोड्नु अघि ३० दिन र अधिकृत तहमा कर्मचारीले ६० दिनअघि व्यवस्थापनलाई पूर्वसूचना दिनुपर्ने हुन्छ ।तर, कर्मचारी विनियमावली विपरीत गएर राजीनामा दिने १२ जना कर्मचारीसँग बैंक व्यवस्थापनले १० हजार रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म जरिवाना असुल गरको छ । बैंकले पूर्व सूचनाबिना जागिर छाड्ने कर्मचारीबाट सो अवधिको तलब, तालिम खर्च, स्वास्थ्य उपचारलगायत अन्य सुविधा बराबरको रकम असुल गरेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय