काठमाडौं – सुमधुर स्वरका धनी गायक तथा सर्जक रवि कार्कीले आफ्नो आवाज धेरै गीतमा दिइसकेका छन्। उनी आवाजका मात्र होइन, सिर्जनाका हिसाबले पनि अब्बल मानिन्छन्। विस्तारै सांगीतिक उकालो चढिरहेका कार्की जब जड्या गायकको भूमिकामा आए, त्यसपछि उनको चर्चाको मिटर चढ्यो। रियल जिन्दगीमा जाँड रक्सी नखाने कार्कीलाई त्यो भूमिकाले उचाइमा पुर्यायो।
अहिले उनको भूमिका फेरिएको छ। उनले सार्वजनिक गरेको नयाँ भजन संग्रह "शिव भजन"पछि दर्शकले उनको नयाँ रूप पनि देखेका छन्। अडियो र भिडियो उत्कृष्ट रहेको सो भजनमा कार्कीको शब्द तथा संगीत रहेको छ भने उनलाई आवाजमा प्रतिमा विश्वकर्मा, प्रदीप तिवारी, र रुपि सिन्जाली मगरले साथ दिएका छन्। गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन्।
पशुपतिमा सञ्चालित कोटी होममा भिडियो बनाइएको सो गीतलाई रवि कार्कीले नै निर्देशन गरेका छन्।