काठमाडौं — नेपाली सेयर बजारमा बुधबार पनि गिरावटको क्रम जारी रहँदा नेप्से परिसूचक १३.८४ अंकले घट्दै २६२०.३९ बिन्दुमा सीमित भएको छ। बजार लगातार ओरालो लाग्दै जाँदा लगानीकर्ताको मनोबल प्रभावित भएको देखिन्छ।
बजारसँगै कारोबार रकम पनि घटेको छ। आज ३१५ वटा धितोपत्रको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँमा सीमित भयो।
दिनभरको कारोबारमा ६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि १८३ कम्पनीको मूल्यमा गिरावट आएको छ। कुल १३ उपसमूहहरूमध्ये केवल २ समूहमा मात्र हरियाली देखिएको छ, बाँकी सबै समूह राताम्मे बनेका छन्।
लगातारको गिरावटले बजारमा सुधारको संकेत नदेखिएको भन्दै विश्लेषकहरूले लगानीकर्तालाई सतर्क रहन सुझाव दिएका छन्।