हिमालयन रिइन्स्योरेन्सको शेयर हितग्राही खातामा,कहिले होला कारोबार ?

काठमाडौं - केही समय पहिला आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा पठाएको छ। 

प्रिमियममा आइपिओ निष्कासन गरेको कम्पनीले बाँडफाँड पश्चात गर्नुपर्ने कामहरू धमाधम गरिरहेको छ। 

कम्पनी स्रोतले दिएको जानकारी अनुसार सके यही साता र नभए पनि अर्को साताको पहिलो कारोबार दिनमै कम्पनीको शेयर सूचीकृत हुनेगरी प्रक्रिया अगाडि बढाइएको छ। 

कतिमा होला पहिलो कारोबार ?

कम्पनीको अन्तिम अडिट रिपोर्ट हेरेर मूल्य तय गरिन्छ । यसरी हेर्दा रिइन्सुरेन्सको आर्थिक वर्ष २०७८/७९ को अडिटेड रिपोर्ट अनुसार यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । कम्पनीले यसैको ३ गुणा बढी सम्म ओपनिङ मूल्य पाउने छन् । १०३.७ देखि ३१०.१० सम्ममा पहिलो कारोबार हुने छ । 

कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो । 

 

प्रतिक्रिया