बलेवा सेवा समाज जापानको अध्यक्षमा सुरेन्द्र पौडेल ‘प्रेम’

जापान - जापानमा क्रियाशील बलेवा सेवा समाज जापानको अध्यक्षमा सुरेन्द्र पौडेल ‘प्रेम’ चयन भएका छन्। समाजको आठौँ अधिवेशनबाट पौडेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। सन् २०२६ देखि २०२८ सम्मका लागि चयन भएको समितिले जापानमा रहेका बलेवालीहरूको हक–हित र सामाजिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

नव निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा एल.पी. शर्मा, उपाध्यक्षहरूमा अर्जुन लामिछाने, यमप्रसाद पौडेल र हरिप्रसाद पाठक चयन भएका छन् भने महिला उपाध्यक्षमा कमला लामिछाने रहेकी छन्। क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी दिपेन्द्र गिरीले पाएका छन्। महासचिवमा रोशन चापागाईं, सचिवमा इन्द्रराज रिजाल ‘राजेश’ र भक्तबहादुर हमाल तथा महिला सचिवमा सन्ध्या के.सी. चयन भएका छन्। कोषाध्यक्षमा दिपकराज पौडेल र सह–कोषाध्यक्षमा शोभा ढकाल चयन हुँदा युवा संयोजकमा नारायण पाठक र महिला संयोजकमा रितु चापागाईं चयन भएका छन्। सदस्यहरूमा सपना पाठक, विक्रम रिजाल, गोपाल सुवेदी, सागर पौडेल, खगेन्द्र घिमिरे, विमल शर्मा, कृष्ण अधिकारी र सुजाता सापकोटा रहेका छन्।

अधिवेशन कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, निवर्तमान उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ, पर्बत समाज जापानका अध्यक्ष राम बास्तोला,अनसासका उपाध्यक्ष दीपा घिमिरे, एनआरएनए जापानका प्रवक्ता रविन शर्मा, मोना जापानका अध्यक्ष गणेश श्रेष्ठ, धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठ तथा बागलुङ समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नव निर्वाचित अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’ले अग्रजहरूले देखाएको मार्गलाई आत्मसात् गर्दै समाजको उद्देश्य, गरिमा र मूल्यलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। जापानमा क्रियाशील विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै बलेवा तथा जापानमा रहेका बलेवालीहरूको हितका लागि इमान्दारिताका साथ काम गर्ने उनको भनाइ थियो। कार्यक्रममा समाजका संरक्षक तथा निर्वाचन समिति संयोजक महेन्द्र पीसीसहित संरक्षकहरू सेवक पीसी, राज पौडेल, विमल रिजाल र राजु केसीले पनि शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया