काठमाण्डौ । धेरै बैकहरुले आफ्नो अघिल्लो बर्षको नाफाबाट बोनस घोषणा गरिरहेका छन ।
यसै विच सिद्धार्थ बैंक लिमिटेडले पनि मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ रहेको छ। १४।२५ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३० रुपैयाँ पुग्नेछ।