काठमाडौं - आइतबार सेयर बजारमा हल्का सुधार देखिएको छ। नेप्से परिसूचक ५.९८ अंकले बढ्दै २६६४ बिन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ, जसअनुसार आइतबार १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको हो।
यस दिन ३१४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच भए। १३ उपसूचकहरू मध्ये ७ उपसूचकमा हरियाली देखिन्थ्यो भने बाँकी उपसूचक राताम्य देखिए। लगानी र जलविद्युत समूहमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य उच्च वृद्धि दरका साथ ९.९९ प्रतिशतले बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य १०४२.५० रुपैयाँ पुगेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ८६१ रुपैयाँमा पुगेको छ।
अरुण भ्याली हाइड्रोपावर, ङादी ग्रुप पावर, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर कम्पनी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, एचआईडीसीएल र निफ्राजस्ता कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक वृद्धि देखिएको छ।
त्यसैगरी, विन नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको छ। साथै नारायणी डेभलपमेन्ट बैंक, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, गुराँस लघुवित्त, लक्ष्मी लघुवित्त, एसियन हाइड्रोपावर, श्रीजनशील लघुवित्त, गणपति लघुवित्त, समाज लघुवित्त र नेपाल हाइड्रो डेभलपर्स जस्ता कम्पनीको मूल्यमा पनि गिरावट देखिएको छ।
कारोबार रकमका हिसाबले ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ, जसको कारोबार ८६ करोड १७ लाख ३८ हजार रुपैयाँ पुगेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर, राधी विद्युत, एचआईडीसीएल लगायत कम्पनीहरूको कारोबार पनि उल्लेखनीय रह्यो।