यातायात व्यवसायीको सात बुँदे माग, जेठ १९ देखि अनिश्चितकालीन बन्द

काठमाडौं — सार्वजनिक यातायात व्यवसायीहरू सात बुँदे मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघको संयुक्त पहलमा ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ गठन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो।

संघर्ष समितिका अनुसार सार्वजनिक यातायात क्षेत्रमा १३ खर्ब रुपैयाँभन्दा बढीको लगानी जोखिममा परेको छ भने करिब १५ लाख मानिस प्रत्यक्ष रूपमा रोजगारीमा रहेको यो क्षेत्र संकटमा परेको छ।

व्यवसायीहरूले जेठ १४ गते प्रदेशका मुख्यमन्त्रीहरूलाई मागपत्र बुझाउने, जेठ १८ गते देशभर कालो झण्डा प्रदर्शन गर्ने र जेठ १९ गतेदेखि सवारी साधन ग्यारेजमै थन्क्याउँदै अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। साथै, उनीहरूले सबै सरोकार मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि अघि सारेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय