साताको अन्तिम दिन नेप्से र कारोबार रकम बढ्यो

काठमाडौं - राजनीतिक अस्थिरताका बीच उतारचढाव रहेको नेप्से अहिले भने लयमा फर्किन थालेको छ । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकम पनि सोही अनुसार उकालो लागेको छ। 

१३ अङ्कभन्दा धेरैले नेप्से बढेर समग्र नेप्से २०३३ बिन्दुमा पुगेको छ। आज ३०९ कम्पनीहरूको ३ अर्ब१९ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ।

होटल र व्यापार उपसूचक बाहेक अन्य उपसूचकमा आज हरियाली छाएको छ। 

नेपाल पुनर्बीमा कम्पनीको सेयर सबैभन्दा धेरै मूल्यमा खरिद बिक्री हुँदा एक कम्पनीको सेयर मूल्यमा सर्किट समेत लागेको छ। 

देशले नयाँ अर्थमन्त्रीको रूपमा वर्षमान पुनलाई पाएसँगै बुधबार र बिहिबार लगातार नेप्सेमा वृद्धि भएको हो। यस अगाडि सरकार परिवर्तनको हल्लाले पुरै नेप्समा सर्किट समेत लागेको थियो। तर अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना नभएसँगै लगत्तै नेप्सेमा ठूलो गिरावट समेत देखिएको थियो। 

प्रतिक्रिया