संस्तियो सुनको मूल्य, तोलामा कति?

काठमाडौंं - बिहीबार सुनको मूल्य घटेको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया