१८ करोडको आइपीओ निष्कासन गर्दै ईङवा हाइड्रोपावर

काठमाडौं - पछिल्लो समय कम्पनीहरुले धमाधम आइपीओ निष्कासन गरिरहेका छन् । धितोपत्र बोर्डबाट पनि अनुमति मागेका कम्पनीलाई फटाफट अनुमति दिएरहेको छ । 

यसै बीच नेपाल धितोपत्र बोर्डले ईङवा हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई फागुन २ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले तप्लेजुङ्ग र पाँचथर जिल्ला सीमानामा रहेको इङवा खोलामा ९.७ मेगावाट क्षमताको अपर ईङवा खोला हाइड्रोपावर आयोजना निमार्ण गर्दैछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिक्रिया