प्रदर्शनका कारण बीमा कम्पनीमा २० अर्ब ७० करोडको दाबी

काठमाडौं । भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा अहिलेसम्म २० अर्ब ७० करोड रुपैयाँ बराबरको दाबी परेको बीमा प्राधिकरणले जनाएको छ। मंगलबारसम्म १८ वटा बीमा कम्पनीमा यति ठूलो दाबी दर्ता भएको हो।

बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी द ओरियण्टल इन्सुरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा ५० वटा दाबी दर्ता भई करिब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको दाबी भएको छ।

त्यस्तै, सबैभन्दा कम दाबी ट्रष्ट माइक्रो इन्सुरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा जम्मा २ वटा दाबी दर्ता भई करिब ४२ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

बीमा कम्पनीहरूले दाबीहरूको विवरण दैनिक रूपमा बीमा प्राधिकरणमा बुझाइरहेका छन्। प्राधिकरणले प्राप्त विवरण प्रत्येक साताको बुधबार सार्वजनिक गर्ने निर्णय गरेको छ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिदेखि व्यवसायिक भवन, होटल र निजी घरमा समेत तोडफोड र आगजनी भएकाले बीमा दाबीको चाप बढेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय