राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

काठमाडौं – राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ। पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर एक लाख रुपैयाँको जरिवाना तिरेका हुन्। उनले उक्त तिर्ने प्रक्रियाको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेका छन्।

शाहीले भने, "हामी राप्रपा सुशासन र विधिको शासन मान्छौँ। राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिएको हुनसक्छ। महानगरपालिकाको निर्णय हामी स्वीकार्छौँ।"

यो जरिवाना, पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शनमा सहभागीहरूद्वारा फोहोर गरेका र र्यालिङ भाँचेको आरोपमा महानगरपालिकाले राप्रपालाई तोकेको थियो। उक्त प्रदर्शनमा राप्रपा नेपाल र राजावादी अभियन्ता दुर्गा प्रसाईंका समर्थकहरूको पनि सहभागिता थियो, तर महानगरपालिकाले केवल राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामाथि मात्र जरिवाना लगाएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय