अपर तामाकोशीकोे शेयरमा ३० हजार जनाको आवेदन

काठमाण्डौं - अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

कम्पनीको विक्री प्रबन्धकले दिएको जानकारी अनुसार सबै आवेदन फारमहरु जम्मा भएपछि आइतबारबाट लिलामी आवेदन खोल्न सुरु गरिने छ । आवेदन धेरै परेको हुँदा फारम खोल्न समय लाग्नेछ । तसर्थ, माघ ११ अथवा १२ गतेमात्र कट अफ प्राइस तय हुनेछ ।

यो लिलामी सेयरमा करिब ३० हजार जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार जसबाट बैंक खातामा मात्रै ७ अर्ब रुपैयाँ जम्मा भएको छ । 

गुड फर पेमेन्ट चेकबाहेक लिलामी सेयरको लागि सो रकम जम्मा भएको हो । गुड फर पेमेन्ट समेतको रकम जोड्दा यो अझै बढ्नेछ । 

हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।

प्रतिक्रिया