"चोली फाटेको"— धेरैलाई रुवाउने तीज गीत

काठमाडौं । हिन्दुहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरूले तीज विशेष गीतहरू सार्वजनिक गर्न थालेका छन्। तीमध्ये केही गीतहरूले धर्म र संस्कृतिलाई प्रवर्द्धन गर्नुको सट्टा विकृति फैलाउने प्रयास गरेका छन् भने, केही गीत भने अत्यन्तै मर्मस्पर्शी रहेका छन्।

यस वर्ष सार्वजनिक तीज गीतहरूमध्ये एक सशक्त र प्रभावशाली सिर्जना हो— "चोली फाटेको"।

युवा सर्जक यामप्रसाद न्युरेको गहिरो भावनात्मक शब्दमा आधारित उक्त गीतमा अग्रज सर्जक शिव हमालको लय रहेको छ। गायिका निशा केसीको सुमधुर आवाजले गीतलाई अझ मार्मिक बनाएको छ।

गीतका प्रत्येक शब्द पीडामा बाँचिरहेकी महिलाको कथन जस्तै लाग्छन्। एक नारीले सहनुपरेको पीडामाथि आधारित भएर रचना गरिएको यो गीत सर्जक न्युरेले शब्दमा गहिरो संवेदना उतार्न सफल भएको जानकारहरू बताउँछन्।

गीतको अडियो मात्र होइन, भिडियो पक्षमा पनि उत्तिकै मेहनत गरिएको देखिन्छ। युवा निर्देशक जेरी भण्डारीको निर्देशनमा तयार गरिएको भिडियोमा मोडल अञ्जली अधिकारीले प्रभावशाली र मनछुने अभिनय प्रस्तुत गरेकी छन्।

 

प्रतिक्रिया