• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

छुट्नु भयो कि ? आज यो कम्पनीको शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाण्डौ - तेह्रथुम पावरको आईपीओमा आज आवेदन दिन अन्तिम दिन रहेको छ।  

गत साउन ५ बाट कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि शेयर निस्कासन गरेको थियो । कम्पनीको आइपीओ मा आज बेलुकी ५ बजे सम्ममा आवेदन दिन सकिने छ । 

कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

प्रतिक्रिया