नागढुङ्गा–नौबिसे सडक जेठ २६ गते सोमबारदेखि पाँच दिनका लागि दिउँसोको समयमा बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ्ग सडक योजनाअन्तर्गत पूर्वी खण्डमा मर्मत तथा सुधार कार्य हुने भएकाले सडक दैनिक साढे चार घण्टासम्म बन्द रहने जानकारी दिइएको छ। आयोजनाले एक सूचना जारी गर्दै जेठ २६ देखि ३० गतेसम्म प्रत्येक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने जनाएको हो।
सडक बन्दको समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रुपमा सीतापाइला–रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।