काठमाण्डौ - आफ्नो सरकार हुँदा एमसीसी पास गर्न कस्सिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भने दोधारे नीति अपनाउने देखिएको छ ।
अहिले एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा छन् । उनले आज नेपाल आउँदा साथ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेट गरेकी थिएन ।
भेटमा ओलीले सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने बताएका हुन् ।
हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्टराईले भने, ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’ ओलीले भने ।