नारायणगढ–मुग्लिन सडकमा तुइनखोलाको पहिरो हटाइएपछि आवागमन खुला

काठमाडौँ — नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझदेखि यातायात सुचारु भएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार करिब बेलुकी ६ बजेदेखि दुबै तर्फको आवागमन सञ्चालनमा आएको हो।

सोमबार दिउँसो करिब १२ बजे खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध बनेको थियो। पहिरोले करिब ७० मिटर सडक ढाकेकाले केही घण्टासम्म यातायात रोकिएको थियो।

यसअघि गत हप्तामा पनि सो स्थानमा पहिरो खसेर ४८ घण्टासम्म सडक अवरुद्ध भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय