मंगलबार पनि घट्यो नेप्से

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेप्से १०.१४ अङ्कले घटेर २,७०४.७० विन्दुमा झरेको छ। आज ३३१ कम्पनीका ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर ५७,५८५ पटक कारोबार हुँदा कुल कारोबार रकम ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँ पुगेको छ।

आजको कारोबारमा वित्त समूह ०.१२%, होटल तथा पर्यटन ०.१८%, लगानी ०.१८% र उत्पादन तथा प्रशोधन समूह ०.४४% ले बढेका छन्, तर अन्य सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.२१%, विकास बैंक ०.९२%, जलविद्युत् ०.२३%, जीवन बीमा ०.५१%, लघुवित्त ०.०१%, निर्जीवन बीमा ०.०२%, व्यापार ३.३८% र अन्य समूह ०.५६% ले घटेका छन्।

सबैभन्दा धेरै वृद्धि हुने कम्पनी राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड रहेको छ, जसको शेयर मूल्य ९.८६% ले बढेको छ। सबैभन्दा धेरै घट्नेमा महालक्ष्मी विकास बैंक लिमिटेड परेको छ, जसको शेयर मूल्य ५.६३% ले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कारोबार हिमालयन इन्स्योरेन्स लिमिटेडको भएको छ, जसको कारोबार रकम ४३ करोड ९३ लाख ६८ हजार २१० रुपैयाँ पुगेको छ। शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कारोबार घलेम्दी हाईड्रो लिमिटेडको भएको छ, जसको ५ लाख ५३ हजार ८०४ कित्ता शेयर किनबेच भएको छ।

प्रतिक्रिया