काठमाण्डौ - राष्ट्र बैंकले ११ लघुवित्त लाई कारबाही गरेको छ ।
बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले कुल निक्षेप दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले ११ वटा संस्थाहरुलाई हर्जाना लगाईएको हाे ।
बैंकले एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, विपिडव्लयु लघुवित्त वित्तीय संस्था लिमिटेड, सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, गरिवी न्यूनीकरण लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हर्जाना लगाएको हाे ।