जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । लघुवित्तले यहीँ माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।
जसमध्ये लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि छुट्याएको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइने लघुवित्तले जनाएको छ ।
माघ २५ गतेसम्म आवेदन दिन सकिने यस लघुवित्तको आईपीओमा तोकिएको समयसम्ममा प्रयाप्त आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन खुल्ल गरिने कम्पनीले बताएको छ ।
एक सय रुपैयाँ अंकित लघुवित्तको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।