नेप्सेमा सामान्य सुधार, १४ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्तिममा भने हल्का सुधारसहित उकालो लागेको हो।

आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढ्दै ०.१५ प्रतिशतको वृद्धिसहित २८२४.९० विन्दुमा पुगेको छ। कारोबारका क्रममा लगानीकर्ताबीच खरिद–बिक्री गतिविधि उल्लेख्य देखिएको थियो।

यस दिन कुल १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजारमा ३५० कम्पनीका करिब ३ अर्ब ९५ करोड ४९ हजार ३३ कित्ता शेयर किनबेच भएका छन् भने १ लाख २४ हजार ४९० पटक कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया