गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपतिको कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार नै मन्त्रिपरिषद् विस्तार गर्दै गुरुङलाई गृहमन्त्री तथा पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गर्नुभएको थियो। गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुन नवप्रवर्तन मन्त्रालयको नेतृत्वमा पुग्नुभएको हो।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधि, सांसदहरू र संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय