राष्ट्रिय वाणिज्य बैंकका सेयरधनीलाई ३३ प्रतिशतल लाभांश

काठमाडौं–बैक तथा वित्तीय संस्थाले धमाधम साधारण सभा सम्पन्न गरेर आफ्ना सेयरधनीलाई लाभांश घोषणा गर्दै आएका छन् । राष्ट्रिय वाणिज्य बैकले शेयरधनीलाई उच्च लाभांश दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको १६ औं साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पारित गर्दै शेयरधनीलाई ३३ प्रतिशतल लाभांश दिने निर्णय गरेको हो । 


यसमा ३० प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ । साधारणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय पारित गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।


बोनस शेयर जारी गरेपछि बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुनेछ। यसैगरी साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ। साधारणसभामा बैंकका संचालक समितिका अध्यक्ष डा बलराम पाठकले कोभिड १९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न राष्ट्र बैंक र सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गर्ने बताए ।


उनले बदलिँदो परिवेश र ग्राहकको चाहाना अनुसार बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित बिभिन्न सेवाहरुका माध्यमबाट गुणस्तरीय सेवा प्रवाह गर्ने नीतिगत निर्णय लिएको जानकारी दिए। बैंकको साधारणसभामा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो।  
 

प्रतिक्रिया