सरकारी ढुकुटीमा पौने तीन अर्ब थन्कियो


काठमाडौँ—सरकारले पुँजीगत खर्च वृद्धि गर्न नसक्दा सरकारी ढुकुटीमा रकम थुप्रिएको छ । सरकारले खर्च बढाउन नसक्दा सरकारी ढुकुटीमा पौने तीन अर्ब रुपैयाँ थन्किएको छ । गत मंगलबारसम्म राजस्वसहित करिब ४ खर्ब १४ अर्ब रुपैयाँ सरकारको आम्दानी छ ।  खर्च गर्न नसकेपछि २ खर्ब ८२ अर्ब रुपैयाँ बजेट ढुकुटीमै थन्किएर नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्ष ०७८÷७९का लागि ४ खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकामा साढे चार महिनाको अवधिमा २५ अर्ब ५८ करोड ६१ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।


पुँजीगत खर्च जम्मा ५.८२ प्रतिशत खर्च भएको छ भने कुल बजेटको २२ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले मासिक रुपमा १० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने बताउँदै आए पनि तथ्यांक हेर्दा निकै निरासाजनक रहेको छ ।
सरकारले खर्च बढाउन नसक्दा रकम ढुकुटीमा थुप्रिएको छ । खर्च नभए पछि बजारमा तरलता अभाव भएको छ । सरकारले लक्ष्य राखेको राजस्व ३३ प्रतिशत संकलन भए पनि कुल सरकारी खर्च करिब २२ प्रतिशत छ ।


खर्च नभएर तरलता अभाव हुादा राष्ट्र बैंकले वार्षिक लक्ष्यको करिब ४९ प्रतिशत ऋण प्रवाह गरेको छ ।  कात्तिकसम्ममा ३ खर्ब ८७ अर्ब रुपैयाँ ऋण विस्तार गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार अहिले करिब २३ अर्ब रुपैयाँ अधिक तरलता छ । ‘
 

प्रतिक्रिया