राजेश र समिक्षाको तीज गीतमा ओबी छम्म छम्म (भिडियो सहित)

काठमाण्डौ । हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यसैबीच, राजेश बर्देवाको "नाच छम्म छम्म" बोलको तीज गीत सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित एक समारोहमा गीत सार्वजनिक गरिएको हो।

राजेश बर्देवाको युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा समीक्षा अधिकारी र राजेश बर्देवा आफैंले स्वर दिएका छन्। ओबी रायमाझी र जाहन्वी बस्नेतको अभिनय तथा नृत्य रहेको भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन्।

कृष्ण कंडेल र प्रिया कुमारको सुन्दर शब्द सिर्जनामा सजिएको गीतले तीजको परम्परागत मौलिकतालाई समेटेको छ। बजारमा सार्वजनिक भएका तीज गीतहरू परिवारसँगै बसेर हेर्न नसकिने भएकाले तीज गीतमा विकृति बढेको भन्दै आलोचना भइरहेको बेला राजेश बर्देवाले सार्वजनिक गरेको मौलिक भाकामा आधारित "नाच छम्म छम्म" लोकप्रिय हुने विश्वास छ।

 

प्रतिक्रिया