• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

साताको अन्तिम दिन नेप्सको सुखद विदाई,२३ अंकले नेप्से बढ्दा कारोबार रकम भने ५ अर्व नजिक

काठमाण्डौ । साताको अन्तिम दिन नेप्से विहिबार २३ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । निरन्तर ओरालो लागेको नेप्से आज भने दोहोरो अंकले बढेको हो । 

नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आज ४ अर्व ८१ करोड भन्दा धेरैको कारोबार भएको छ । २२३ कम्पनीहरुको कारोबार भएकोमा १५९ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने २० कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ४ कम्पनीहरुको शेयर मुल्य यथावत रहेको छ । 

आज नेप्सेका सबै उपसूचकमा हरियो पोतियो भने विकास बैक उपसूचक सबै भन्दा धेरै बढ्यो । साथै नेपाल बैकको सबै भन्दा धेरै मूल्यको कारोबार भयो । 

आज नेप्से २८२५ विन्दुमा पुगेर बजार बन्द  भएको छ । 

 

प्रतिक्रिया