काठमाडौं–बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्काशनको प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै साधारणसभाले पारित गरेपछि एफपीओ निष्काशन प्रक्रिया अगाडी बढ्ने छ ।