अर्वपति चौधरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्विरोध चयन


काठमाडौं–अर्बपति विनोद चौधरी नवलपरासीबाट नेपाली कांग्रेसको महाधिवेशन  प्रतिनिधिमा चयन भएका छन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय चौधरी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट निर्विरोध चयन भएका हुन् । चौधरी  नेपाली कांग्रेसका सांसद पनि हुन् । २०७४ सालको निर्वाचनबाट समानुपातिकबाट सांसद बनेका थिए। 


त्यसअघि चौधरी नेकपा एमाले निकट थिए । २०७४ सालमै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका चौधरी १४ औँ महाधिवेशनका लागि प्रतिनिधिमा सर्वसम्मत भएका हुन् ।  नेपाली कांग्रेसको पार्टी राजनीतिमा पनि सक्रिय रहेका चौधरी केन्द्रीय समितिमै प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय