काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २.६१ अंक घटेर १८५८.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३० अंक घटेर १८५८.०३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ७ हजार ९१३ रुपैयाँ बराबरको १ हजार १३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने १ को घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।