आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
हकप्रद शेयरका लागि असार ३१ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंकका शाखाहरु तथा सि आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि यो पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। हकप्रदबाट प्राप्त रकममध्ये ८० करोड रुपैयाँ आँखुखोला २ जलविद्युत आयोजनामा र बाँकी ४० करोड रुपैयाँ बैंक ऋण भुक्तानीमा प्रयोग गरिनेछ।