बद्रि पंगेनीको स्वरमा ‘पाल्पाली कान्छो’, दर्शकमाझ चर्चा बटुल्दै

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक बद्रि पंगेनीको नयाँ तीज गीत ‘पाल्पाली कान्छो’ भर्खरै सार्वजनिक भएको छ। लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय पंगेनी निरन्तर नयाँ गीतसहित दर्शक–श्रोतामाझ आइरहेका छन्।

यसपटकको तीजलाई लक्षित गर्दै उनले उत्कृष्ट नृत्यसहितको तीज गीत सार्वजनिक गरेका हुन्। गीतमा बद्रि पंगेनी र रचना रिमालको स्वर रहेको छ भने शब्द शिव अखेलीको र लय बाबु कृष्ण परियारको रहेको छ।

गीतको निर्देशन हालै अमेरिकाबाट नेपाल आएका लोकप्रिय निर्देशक शंकर विसीले गरेका छन्। उनले गीतमा आकर्षक नृत्य संयोजनसहित निर्देशन गरेका छन्। भिडियोमा उनलाई अभिनेत्री रविना भण्डारीले अभिनयमा साथ दिएकी छन्।

उक्त गीत बद्रि पंगेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया