संस्तियो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार

काठमाडौं - सुनको मूल्य तोलामा एक हजार रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा झरेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले सस्तिँदै आज एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया