काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रतिनिधि बन्दसूचीमा परेका ५ जनाले आफ्नो नाम फिर्ता लिएका छन्। आगामी निर्वाचन लक्षित गरी रास्वपामा प्रवेश गरेका काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङको कोटामा सूचीकृत उम्मेदवारमध्ये केहीले नाम फिर्ता लिएका हुन्।
हालसम्म डा. महेन्द्र लावती, त्रिशाला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले उम्मेदवारी फिर्ता लिएको पुष्टि भएको छ। तीमध्ये लावती र गुरुङ कुलमान घिसिङ पक्षको कोटाबाट सूचीमा परेका थिए भने ढकाल, शाह र शेर्पा बालेन शाह पक्षको कोटाबाट समानुपातिक सूचीमा परेका थिए।
रास्वपाको समानुपातिक बन्दसूचीमा सूचीकृत नामहरूलाई लिएर पछिल्ला दिनमा पार्टीभित्र र बाहिर विवाद बढ्दै गएको छ। यसबीच सभापति रवि लामिछानेले निर्वाचन आयोगले दिएको समयसीमाभित्र सूचीकृत नामहरू आवश्यकताअनुसार परिमार्जन गर्ने बताएका छन्।