• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

युनियन लाईफको शेयर नेप्सेमा सूचिकृत,भोलिबाट कारोबार हुने पक्क

काठमाण्डौ - नेप्सेमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि साधारण सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर ९आईपीओ० नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ग्ीक्ष् सिम्बोल पाएको छ । अब भोलि सोमबारबाट कारोबार सुरू हुनेछ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

प्रतिक्रिया