प्रधानमन्त्री ओलीले जलवायु क्षतिपूर्तिको माग राख्दै न्युयोर्कमा सम्बोधन

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन नगर्ने मुलुकहरूले कार्बन उत्सर्जक राष्ट्रहरूबाट क्षतिपूर्ति पाउनुपर्ने कुरा स्पष्ट पारेका छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले शनिबार स्थानीय समय अनुसार आयोजित "जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल" को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नेपालको कार्बन उत्सर्जनमा न्यून योगदान रहेपनि जलवायु परिवर्तनका कारण मुलुकमा परेको असरबारे उल्लेख गर्दै हिमाल पग्लिन थालेकाले पीडित समुदायलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए। उनले पेरिस सम्झौताको कार्यान्वयनमा विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि आर्थिक सहयोग वृद्धि गर्नुपर्नेमा पनि जोड दिए।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, तथा अन्य उच्च अधिकारीहरू सहभागी छन्।

प्रतिक्रिया