"अरु त के भनौं मायालु" गीतबाट प्रेम सापकोटा सोनु उत्कृष्ट नव गायकको सूचिमा ,भोट गर्न अनुरोध

काठमाडौं – विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गत उत्कृष्ट नव दोहोरी गायकको सूचिमा जापानमा रहेका चर्चित सर्जक तथा गायक प्रेम सापकोटा सोनु पनि टप पाँच भित्र पर्न सफल भएका छन । यहि बर्षनै सोनुले काली पसम कि,मान्छे कति कठोर बन्छ जस्ता उत्कृष्ट गीत सिर्जना तथा आवाज दिइसकेका छन । 

केही समय पहिला सार्वजनिक भएको उनको गीत अरु त के भनौं मायाँलु बोलेको गीतबाट उनी उत्कृष्ट गायकको सूचिमा परेका हुन । अब उनलाई उपाधि दिलाउनको लागि दर्शक स्रोताले भोट गर्न जरुरी देखिन्छ । 

सोनुले आफ्नो सिर्जना मनोनयनमा परेकोमा खुशी व्यक्त गर्दै आर्थिक सन्देशसँगको कराकानीमा सर्वोत्कृष्ट अवार्ड जित्नेमा आफू आशावादी रहेको बताए। रोजकारीको शिलशिलामा परदेशमा रहेका सोनुले नेपाली सांगीतक क्षेत्रलाई पनि निरन्तरता दिँदै आएका छन ।

फाउण्डेसनले यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपैयाँसहित प्रदान गर्ने गर्ने निर्णय गरिसकेको छ । 

आँउदा साता सम्पन्न हुन लागेको विन्ध्यवासिनी म्युजिक अर्वाड तथा श्रष्टा सम्मानमा संगीत साधना सम्मान गायिका संगीता शाक्यलाई नगद ५० हजार रुपैयाँसहित प्रदान गरिनेछ। गायक प्रेमध्वज प्रधानको नाममा स्थापना गरिएको २५ हजार रुपैयाँसहितको प्रेमध्वज संगीत रत्न सम्मान गायिका निशा देशारलाई प्रदान गरिनेछ।

लोकगायक झलकमान गन्धर्वको नाममा स्थापना गरिएको झलकमान लोक संगीत सम्मान २०८१ गायक शिरिष देवकोटालाई प्रदान गरिने निर्णय भएको छ। यसैगरी, विन्ध्यवासिनी कला पत्रकारिता सम्मान पत्रकार शारदा थापालाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरिनेछ।

यस वर्षको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आगामी चैत २८ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुनेछ।

 

प्रतिक्रिया