काठमाण्डौको भद्रगोल तार व्यवस्थापन तर्फ बालेनको ध्यान

काठमाडौं - नक्सा बिना बनेका संरचना हटाएर चर्चामा आएका बालेन शाहले अब भने अव्यवस्थित तार हटाउने तर्फ ध्यान केन्द्रित गर्ने भएका छन् । 

बालेनले महानगर भित्रका तार व्यवस्थापन गर्न बिहिबार इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)सँग छलफल गरेका हुन ।

सहरको सौन्दर्यतालाई विगारेको भन्दै मेयर शाहले आईस्पानलाई छलफल गर्न बोलाएका थिए । यो सँगै मेयर शाहले अव्यवस्थित पार्किङ,अनाधिकृत संरचनासँगै अब भद्रगोल तारमा आखाँ लगाएका छन ।

 विहिबारको छलफलमा सहरकाे सौन्दर्यता र तार व्यवस्थापनबारे इन्टरनेट सेवा प्रदायक संघ र काठमाण्डौ महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच गहन छलफल भएको आइस्पानका कोषाध्यक्ष पुष्कर बडालले जानकारी दिए ।

प्रतिक्रिया