पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ – मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

तुइन खोलामा खसेको पहिरो पूर्ण रूपमा हटाएपछि सवारीसाधन दुईतर्फी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

शुक्रबारदेखि अवरुद्ध बनेको सडक आइतबार अपराह्नदेखि एकतर्फी सञ्चालनमा आएको थियो। यद्यपि, जोखिम बढ्न सक्ने भन्दै आइतबार राति पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

आज बिहानदेखि दिउँसो १ बजेसम्म एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरिएको थियो। त्यसपछि सवारी आवागमन रोक्दै पहिरो पूर्णरूपमा हटाइएपछि सोमबार साँझ साढे ५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो।

सडक अवरुद्ध हुँदा दसैँ मनाउन घर फर्किरहेका यात्रुहरू बाटोमै अलपत्र परेका थिए। सडक खुलेसँगै यात्रुहरू सहज रूपमा गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय