बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान

काठमाडौं - बाँसबारी छाला जुत्ता कारखाना रहेको जग्गा विवादमा उद्योगपति तथा नेपाली कांग्रेसका तर्फबाट संघीय सांसद विनोद चौधरीसँग सिआइबीले बयान दिएको छ । 

सरकारी वकिलको कार्यालयमा आज बयान भएको हो। चौधरी आफै सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएको उच्च स्रोतले बताएको छ।

बाँसबारी जग्गा हिनामिना सम्बन्धमा सिआइबीले गहन अध्ययन गरिरहेको छ।

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् ।

सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।

प्रतिक्रिया