दाहाललाई फेरि विश्वासको मत,विश्वास टिकाउने चुनौती

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्थ्यो । तर प्रधानमन्त्री प्रचण्डलाई संसद्मा तत्काल कुल उपस्थित सङ्ख्यामध्ये १५७ जनाले मत दिए । तत्काल उपस्थित सङ्ख्या २६८ मध्ये उनले ५८.५८ प्रतिशत मत पाएका हुन् । प्रचण्डले पहिलोपटकको तुलनामा ४०.६७ प्रतिशत मत घटाएका छन् । दोस्रो पटकको तुलनामा ५.६ प्रतिशत कम मत पाए ।

उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र दुई सांसदले समेत मत दिएका थिए ।

प्रतिक्रिया